Sur Cinema

Edit Content

ताजा अपडेट

लभ, एक्सन, सस्पेन्स र थ्रिलर ‘डिसेम्बर फल्स’ टिजर

काठमाडौं ।
सिनेमा ‘डिसेम्बर फल्स’को टिजर सार्वजनिक भएको छ । १ मिनेट १५ सेकेन्डको टिजरमा लभ, एक्सन, सस्पेन्स र थ्रिलरलाई देखाइएको छ । नायक आर्यन सिग्देल बदला लिन एक्सन अवतारमा देखिएका छन । त्यस्तै, नर्सको भूमिकामा रहेकी अभिनेत्री उपासना सिंह ठकुरीको चरित्रले सस्पेन्स पैदा गर्छ ।


भारतीय मुलका प्रवीण झाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । चलचित्रमा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायतको पनि अभिनय छ ।

पुस १५गतेबात प्रदर्शनमा आउने रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन् । विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको दृश्य सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।