Sur Cinema

Edit Content

ताजा अपडेट

सिनेमा ‘सरी मम्’को गीत ‘निश्वार्थ माया’ रिलिज

काठमाडौं : नवीन बोगटी निर्देशित सिनेमा ‘सरी मम्’को नयाँ गीत रिलिज भएको छ। बिहीबार रिलिज ‘निश्वर्थ माया’ बोलको गीतमा प्रज्वल श्रेष्ठको आवाज रहेको छ।

गीतमा प्रज्वलकै शब्द अनि संगीत रहेको छ। भिडियोमा एलिश राई, यूनिशा बजगाईँ, प्रभात पल लगायतका कलाकारहरुको खुशी मुडमा देख्न सकिन्छ।

सिनेमा मार्फत चेतनामुलक सन्देश दिने उद्देश्यले ‘सरी मम’ बनाइएको निर्माण टिमको दाबी छ। सिनेमाका कार्यकारी निर्माता विनोद लामा हुन् । सिनेमालाई देशका सातै प्रदेशमा प्रदर्शन गरिने निर्माण टिमले बताएको छ ।

सिनेमाको कथा पनि लामाको नै हो । ‘सरी मम’ एक सिनेमा मात्र नभएर कुलत बिरुद्धको सामाजिक अभियान समेत रहेको निर्देशक बोगटी बताउँछन् ।

स्थानिय स्तरमा प्रदेश सरकार, नगरपालिका , गाउँपालिका , नेपाल प्रहरीसँगै शिक्षा क्षेत्रमा कृयाशिल संस्थाहरू प्याब्सन , एन-प्याब्स , हिसान , शिक्षक महासंघ लगायतसँगको सहकार्यमा विभिन्न स्थानमा अभियानको रूपमा समुदायस्तरमा सिनेमाको प्रदर्शनी गरिने निर्माण टिमले बताएको छ । सिनेमाको प्रदर्शनीमा नेपाल जेसिजले समेत सहकार्य गरेको छ ।

सिनेमामा सरोज खनाल र सरिता लामिछानेसँगै एलिस राई, प्रभात पल , प्रविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् ।

सिनेमामा दीर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ छन् । एनएफआई क्रियशनको तर्फबाट सिनेमा निर्माण भएको हो । सिनेमा मंसिर १५ गतेबाट प्रदर्शनमा आउने भएको छ ।भिडियो..