Sur Cinema

Edit Content

ताजा अपडेट

अपहरणकारीको कब्जामा रीस्ता र सुनिशा ‘पासो’ ट्रेलर

काठमाडौं – नारी प्रधान सिनेमा ‘पासो’को ट्रेलर सार्वजनिक भएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको १ मिनेट १८ सेकेन्ड लम्बाईको ट्रेलरमा अपहरणकारीको कब्जाबाट उम्कन दुई महिला पात्रले गरेको संघर्षलाई देखाइएको छ ।

बीआर इन्टरटेन्मेन्टको प्रस्तुतिमा भगवान भुजेल निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता राजकुमार राउत, सह-निर्मातामा बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ छन् । उक्त ट्रेलरमा अभिनेत्री रीस्ता बस्नेत बाकसभित्र कैद छिन् भने सुनिशा बजगाईलाई हात-मुख बाँधेर यातना दिइएको छ ।

सिनेमामा रामकुमार बास्ताकोटी, प्रतिक दुलाल, प्रनव आकाश, ऋतिक दुलाल, गीता थापाको पनि अभिनय छ । सिनेमामा कथा, पटकथा, संवाद र निर्देशन आरबी पुनको छ । सुर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायांकन रहेको सिनेमामा सुरेश बस्यालको कोरियोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन छ । सिनेमा आगामी मंसिर १६ गतेबाट प्रदर्शन हुदै छ।