काठमाडौं : नेपाली सिनेमा क्षेत्रमा नायक आकाश श्रेष्ठको बेग्लै पहिचान छ। प्रायः सिनेमामा व्यस्त हुने आकाश पछिल्लो समय म्युजिक भिडियो बढी सक्रिय हुन थालेका छन् ।
आकाशले छोटो समयमै धेरै चलचित्रमा काम गरिसकेका छन्। तर सोचे अनुरुप आकाश अभिनित चलचित्र हिट हुन सकेका छैनन्। तैपनि आकाशलाई चलचित्रको अफर भने आइरहन्छन् ।
त्यसो त, आकाशको चर्चा लभ अफेयरको गसिपले पनि हुने गर्छ। एकताका नायिका पूजा शर्मासंग प्रेममा छन् भन्ने गसिपले आकाशको चर्चा सिनेनगरीमा व्यापक थियो।
प्रायः सँगसँगै देखिने आकाश र पूजाको सम्बन्ध भने पछिल्लो समय चिसिएको छ। बजारमा आएको गसिपको हल्ला अनुसार पूजा र आकाशको ब्रेकअपका कारण सम्बन्ध चिसिएको हो रे। तर खास कारण के हो त्यो उनीहरू नै जानुन।
सम्बन्ध चिसिएकै कारणले होला शनिबार परेको आकाशको जन्मदिनमा पूजा देखिइनन। नत आकाशलाई जन्मदिनको शुभकामना नै दिइन् ।
गएका हरेक वर्षहरुमा आकाशको जन्मदिनमा पूजा पनि सामेल हुन्थिन् । आकाश र पूजाका हजारौं फ्यानहरुको उपस्थितिमा आकाशको जन्मदिन मनाइन्थ्यो।
तर यसपटकको जन्मदिनमा भने अघिल्ला वर्षहरुमा जस्तो उल्लास भएन। आकाशले एक्लै फ्यानहरुसँग जन्मदिन मनाए। आकाशले मनाएको जन्मदिन विशेष भिडियो युट्युब, टिकटक, फेसबुक लगायतका सामाजिक संजालमा अपलोड गरिएको छ। जहाँ पूजा र आकाशका फ्यानहरुले पूजा बिना आकाश अधुरो भएको कमेन्ट गरेका छन् ।
निकै निकट सम्बन्ध भएका आकाश र पूजाबीच सम्बन्ध बिग्रीँदा उनीहरूका लाखौं फ्यानहरु दुखी छन् । साँच्चिकै सम्बन्ध चिसिँदैमा पूजा बिना आकाश अधुरै भएका हुन् त ? भन्ने प्रश्नको जवाफ एकदिन आकाशले नै देलान् ।