काठमाडौं
नेपाली सिनेमा ‘प्रेमगीत ३’ भारतमा पनि प्रदर्शन भएपछि नायक प्रदीप खड्काको बलिउडसँग सम्बन्ध झांङ्गीदो छ । पछिल्लो समय भारतमा बढी समय विताइरहेका खड्का बलिउडमा डेब्यु गर्ने तयारीमा रहेको चर्चा पनि हुने गरेको छ ।

हालै प्रदीप नायिका सोनाक्षी सिन्हाको मुख्य भूमिका रहेको सिनेमा ‘डबल एक्सल’को प्रिमियरमा सहभागी भएपछि यो चर्चामा थप बल पुगेको छ । सिनेमाका कलाकार जाहिर इक्बालको निम्तोमा प्रदीप प्रिमियमार सहभागी भएका प्रदीपले सिनेमाकी नायीका सोनाक्षी सिन्हासँग छोटो कुराकानी भएको बताएका छन् ।
प्रदीपका अनुसार छलफलमा सोनाक्षीले नेपाल घुम्न आएको र त्यहाँको प्रकृतिक सुन्दरताले मनै लोभ्याएको बताएकी थिइन् । सिनेमाको प्रिमियरमा नेपालबाट प्रदीपसँगै व्यवसायी निर्वाण चौधरी पनि उपस्थित थिए ।