Sur Cinema

Edit Content

ताजा अपडेट

‘महापुरूष’को ग्रान्ड प्रिमियर : फोटो फिचर

७ कार्तिक २०७९
काठमाडौं : भाइटीकाको भोलीपल्टबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘महापुरूष’को प्रदर्शनको ५ दिन अगावै आइतवार काठमाडौंमा ग्रान्ड प्रिमियर आयोजना गरियो । प्रिमियर भन्दा केही दिन अगाडि नाम चलेका निर्देशक, निर्माता तथा कलाकारलाई सिनेमा देखाएपछि ढुक्क भएर निर्माताले प्रदर्शनको ५ दिन अघि प्रिमियर राखेका हुन् ।

एकल पिताको बुढ्यौली उमेरमा अंकुराएको प्रेम र विवाह गर्न खोज्दा परिवार र समाज कसरी बाधक बन्छ भन्ने कुरालाई मनछुने ढंगबाट प्रस्तुत गरिएको सिनेमाले प्रिमियरमा उपस्थित हरेक पाहुनालाई भावुक बनाएको थियो ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमा ‘महापुरुष’ मा मदनकृष्ण र हरिवंशसँगै रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, अरुण क्षेत्री,अञ्जना बराइली,राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुइँटेल लगायत कलाकारको अभिनय रहेको छ ।

रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता र म्याक्स दिपेश खत्री सिनेमाका निर्माता हुन्। दीपक बज्रचार्यले छायांकन गरेको सिनेमालाई मित्रदेव गुरुङले सम्पादन गरेका छन्। सिनेमामा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ भने सिनेमा कार्तिक ११ गतेबाट रिलिज हुदैछ।