Sur Cinema

Edit Content

ताजा अपडेट

‘डिसेम्बर फल्स’को फर्स्टलुक पोस्टर आउट

४ कार्तिक २०७९
काठमाडौं : नायक आर्यन सिग्देल र नायिका उपासना सिङ ठकुरी स्टारर सिनेमा ‘डिसेम्बर फल्स’को फर्स्टलुक पोस्टर आउट गरिएको छ।

दुई छुट्टाछुट्टै पोस्टर निर्माण टिमले शुक्रबार आउट गरेको हो। भिन्नाभिन्नै अवतारमा आर्यान र उपासना प्रस्तुत छन् ।

पोस्टरमा सिनेमाको प्रदर्सन मिति समेत तोकिएको छ। सिनमा आगामी पौष १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमाका कार्यकारी निर्माता लक्ष्मण रिजाल हुन् । सिनेमामा राजकुमार भट्टको पनि लगानी छ । बीपीका खनालको कथा रहेको सिनेमाको पटकथा र संवाद केदार भुसालले लेखेका हुन् ।

आर्यन र उपासनाले पहिलोपटक एकसाथ काम गर्दैछन् । रिलिजका हिसावले उपासना अभिनित यो सिनेमा चौथो हो। त्यसो त, आर्यन पनि लामो समयपछि यसै सिनेमा मार्फत दर्शकमाझ प्रस्तुत हुँदैछन् ।

सिनेमामा आर्यन र उपासनासँगै सलोन बस्नेत, सुमन थापा रोहित, दयाराम दाहाल, नरेश भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।