Sur Cinema

Edit Content

ताजा अपडेट

क्यारेक्टर निर्वाह गर्न सक्दिनँ भन्ने डर थियो : अरुण क्षेत्री

४ कार्तिक २०७९
काठमाडौं :
यतिबेला बहुप्रतिक्षित सिनेमा बनेको छ ‘महापुरुष’। प्रदीप भट्टराईको लेखन एवम् निर्देशन रहेको ‘महापुरुष’मा नायकको भुमिका निभाएका छन् अरुण क्षेत्रीले। त्यसो त, अरुणको सिनेमा यात्रा त्यति धेरैले लामो छैन। संख्यात्मक हिसावले अरुणको ‘महापुरुष’ तेस्रो सिनेमा हो। उनको पहिलो र दोस्रो सिनेमा कहिले आउने भन्ने अहिले सम्म अत्तोपत्तो छैन ।

अरुणको पहिलो सिनेमा ‘प्रेमा’ थियो भने दोस्रो ‘आइएम ट्वान्टी वन’ । साथै केहि म्युजिक भिडियोमा पनि अभिनय गरिसकेका छन्। आगामी कार्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमामा आफ्नो सोसल विषयमा काम गर्ने इच्छा पूरा भएको अरुण बताउँछन् । त्यसो त, सिनेमाको क्यारेक्टर निर्वाह गर्न सक्दिनँ कि भन्ने डर सुरुमा अरुणलाई थियो रे। तर पनि आत्मविश्वास भएकोले काम गर्न कुनै कठिनाइ नभएको अरुणको अनुभव छ।

ट्रेलर हेर्दा नै दर्शकको कौतुहलता बढेको छ कि पूरा सिनेमा कस्तो होला भनेर। जे होस् यस् सिनेमामा दिग्गज कलाकारहरुको अभिनय रहेकोले सिनेमा दर्शकले अधिक मन पराउन सक्छन् भन्ने कुरा स्पष्ट छ नै। सोसल ड्रामा भनिएको ‘महापुरुष’का निर्देशक एवम् लेखक प्रदीप भट्टराई हुन् ।

षट्कोण आर्ट्स प्रा.लि.को ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् । अरुणका अलवा चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानिया, अन्जना बराइली, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ।