३१ असोज २०७९
काठमाडौं: नेपाली सिनेमा ‘मीलन’को ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता सलोन बस्नेतले आफ्नो विवाहको प्रश्नबाट घेरिएका छन् । मंसिरमै विहे गर्ने तयारीमा रहेका उनले विहेको मिति भने सार्वजनिक गर्न चाहेनन् ।
सिनेमाको ट्रेलर सार्वजनिक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बस्नेतले लकडाउन सकिएलगत्तै सिनेमा शुरु गर्दा धेरै कठिनाइ भोग्नुपरेको बताए । सिनेमामा धेरै मेहनत गरेरको भन्दै उनले मेहनतकै कारण मनछुने सिनेमा बनेको दाबी गरे ।

त्यस्तै सिनेमामा डेब्यु गरेकी नवनायिका शिल्पा थापाले सिनेमामा काम गर्न कुनै कठिनाइ नभएको र आगामी दिनमा पहिलो सिनेमामा सिकेका कुरालाई झनै पोख्त बनाएर जाने बताइन् । सिनेमा मिलन आगामी कार्तिक १८ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ ।