२८ असोज २०७९
काठमाडौं:- नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेपाली सिनेमा दुई नम्बरी हेरेर सकारात्मक प्रतिक्रिया दिएका छन् । सिनेमा मनोरञ्जनसँगै सूचना र शिक्षा दिन पनि सफल रहेको उनले बताए । आज नयाँ वसपार्क स्थित लोत्से मलमा सिनेमा युनिटसँग सिनेमा हेर्दै उनले सिनेमाले सत्य सत्य नै हुन्छ र गलत कामको परिणाम नराम्रै हुन्छ भन्ने सन्देश दिएको बताए ।
सिनेमाका सबै कलाकारको भूमिका रोचक रहेको भन्दै उनले सिनेमा अवधिभर कहिपनि बोहोर लाग्ने दृश्य नरहेको बताए । उनले सिनेमाका कलाकारको प्रशंशा पनि गरे । साथै सिनेमाको सफलताको कामना पनि गरे । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमाले दोस्रो सातामा पनि दर्शकको राम्रो साथ पाइरहेको छ र बक्स अफिस कमाई पनि फाईदा जनक रहेको निर्माता किरण नेपालीले बताएका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेनको मुख्य भूमिका रहेको छ ।