२८ असोज २०७९
काठमाडौं:- केहि वर्ष यता दीपेन्द्र के खनालमा हरेक फिल्ममा नछुट्ने अभिनेत्री हुन् सुरक्षा पन्त । उनले दीपेन्द्रद्धारा निर्देशित फिल्म ‘धनपनी,आमा,घर’ लगायतमा काम गरिसकेकी छन् । प्रदर्शनको तयारीमा रहेको दीपेन्द्रकै फिल्म ‘के घर के डेरा’मा पनि सुरक्षाकै मुख्य भुमिका रहेको छ ।
बिहिबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा तपाईलाई दीपेन्द्र खनाल भइसकेपछि भरपुर विश्वास लाग्छ हो भन्ने प्रश्न सोधिएको थियो । उनले जवाफमा सुरुवातको सममया आफुले विश्वास नगरेको तर्क दिदै काम गर्दै गएपछि विश्वास बढेको बताईन् ।
सुरु सुरुमा डाउट लाग्थ्यो । मैले उहाँसँग सुरुमा काम गरेको होइन त्यस कारण मलाई स्कृप्ट स्कृप्ट भन्ने लाग्थ्यो । काम गर्दै गएपछि निर्देशकको धेरै हाउभाउ विचार बुझिदो रहेछ,’उनले भनिन्,‘ कति समय त हामी एकअर्कामा हेराहेर गरेर नै कम्युनिकेशन गरिरहेका हुन्छौं । मैले यो गर्दैछु है भन्ने कुरा नबोली इशाराले बुझ्छौं ।’
उनले दीपेन्द्रको फिल्म खेल्दैमा फिल्म अब्बद दर्जाको हुन्छ भन्ने कुरो आफुले नसोचेको बताईन् । पन्तले दीपेन्द्र मात्र नभएर कुनै पनि निर्देशकबाट गरेको काम अब्बल हुन्छ भन्ने कुरामा आफुहरु कनफम नभएको दावी गरिन् । उनका अनुसार फिल्मको स्कृप्ट भन्दा पनि निर्देशकमा भर पर्ने कुरा सुनाईन । अरुको फिल्म हो भने स्कृप्ट पढ्ने हेर्ने तर दीपेन्द्रको फिल्म हुँदा सिधैँ साइन गर्छु भन्दा कहिले काही पछारिन पनि सकिन्छ है सुरक्षा अब । नपत्याए पूजा शर्मालाई हेरे हुन्छ ।