१४ असोज २०७९
काठमाडौँ:- बडा दशैँको छेको पारेर आज बाट सिनेमा ‘बाबरी’ प्रदर्शनमा आएको छ । प्रदर्शनको पुर्व सन्ध्यामा सिनेमाको प्रिमियर गरिएको थियो। प्रिमियरमा सिनेमा हेर्नेले एउटा सरल प्रेम कथामा बनेको सिनेमा भन्दै तारिफ गरेका थिए। सुरेन्द्र पौडेल निर्देशित प्रेम कथानक चलचित्रमा अदिति बुढाथोकी, धिरज मगर, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, शेखर चापागाईं,सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोन लगायतका कलाकारहरुको अभिनय छ ।
ट्रेलर, गीत र स्टारकास्टका कारण चर्चामा रहेको सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । सिनेमामा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण रहेको छ । सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत, स्वयंम निर्देशक पौडेलले सम्पादन गरेका हुन् ।