१२ असोज २०७९
काठमाडौं:- सिनेमा ‘बाबरी’ टीम यति बेला प्रचारप्रसारका लागि देशका विभिन्न शहरमा घुम्दै काठमाडौं आइपुगेको छ । बुधबार काठमाडौंमा सिनेमाको बारे जानकारी दिदै पत्रकार सम्मेलन गरियो ।
त्यहाँ अभिनेत्री अदिती बुढाथोकी,अभिनेता धिरज मगर र डेब्यु अभिनेता धिरज नाण्डकर लगायतको उपस्थिति रहेको थियो । सिनेमाको छायांकन देखि नै अदिती र धिरजको अफेयर चलेको चर्चा चले पनि आधिकारिक भएको थिएन । आम जनमानसमा उनीहरुको सम्बन्धका बारेमा चासो त थियो नै तर, हो हैन भन्ने कुरा कसैले ठोेकुवा गर्न सकेका थिएनन्।
आज सिनेमाको पत्रकार सम्मेलनमा पत्रकारहरुले सोध्ने मौका पाइहाले । एकै ठाउँमा रहेका दुवैजनालाई पत्रकारहरुले के अदिती र धिरज अफेयरमा हो भनेर प्रश्न सोधिहाले । पत्रकारको प्रश्न सुनेर केहि बेर हाँसेकी अदितीले आफ्नो अफेयर आफैललाई थाहा छैन भन्दा धिरज लाजले भुतुक्कै भए ।

उनको अनुहार हेर्न लायकको देखिएको थियो । अन्ततः हासेर अदितीले रियल लाइफमा नभएर सिनमामा मात्र अफेयर रहेको बताईन् । धिरजले पनि उनको कुरामा सहिमा सहि थपे । तर, खास कुरा के हो भन्न सकेनन् ।
भिडियो :-