Sur Cinema

Edit Content

ताजा अपडेट

टेक्सासमा ‘दि स्विफ्ट्लेफ्ट : एन इमिग्रेन्ट’ कविता नाटक मन्चन

१२ असोज २०७९
काठमाडौं : पछिल्लो समय अमेरिकाको टेक्सासमा विभिन्न सांगीतिक एवम् साहित्यिक कार्यक्रमहरु आयोजना हुनेक्रम बढ्दो छ। जुन गीत संगीत तथा साहित्य क्षेत्रको लागि खुशीको कुरा हो। यसैबीच, गत सेप्टेम्बर २४ तारिकको दिन एक साहित्यिक कार्यक्रम टेक्सासमै सम्पन्न गरिएको छ।

फ्लुगरभेल कम्युनिटी थियटरको प्रस्तुतिमा ‘दि स्विफ्ट्लेफ्ट : एन इमिग्रेन्ट’ नामक कविताको नाटकिय स्वरुप मन्चन गरिएको हो। उक्त “गौथली” कविता केशवराज ज्ञवालीले लेखेका हुन् भने नाटकीय रुपान्तरण सुबाश थापाले गरेका थिए । त्यस्तै अङ्रेजी अनुवाद चाहिँ अस्मिता आचार्यले गरेकी हुन् । करिब १ घण्टाको कवितामा सुवास थापाले अभिनय गरेका थिए। बिनिताको कोरियोग्राफीमा सम्पन्न कविताका निर्देशक पनि सुवासनै हुन् ।

यो फ्लुगरभेल आर्ट काउन्सिलले स्पोन्सर गरेको थियो भने सुवास फ्लुगरभेल आर्ट काउन्सिलको थिएटर कोअर्डिनेटर हुन । यस नाटक लाई अंग्रेजीमा पनि रुपान्तरण गरिएको छ, यसलाई अंग्रेजीमा रुपान्तरण गर्नुको उद्देश्य हाम्रो कला साहित्यलाई अझै फराकिलो बनाउन हो। यो नाटक अस्टिनको फ्रोनटेरा थियटर फ्रिंगेमा छनोट भएको छ साथै अरु फेस्टिभलहरुमा नि समाबेश हुन को लागि कुरा चलि रहेको छ । यसले बिदेशिएका नेपालीको कथा बनेको हुनाले सबैको चासोको बिसय भयको छ। जे होस् , यस्ता खालका साहित्यिक गतिविधिले नेपाली साहित्य विश्वका हर कुनामा पुगेकोमा उपस्थित सबैले खुशी व्यक्त गरेका थिए। टेक्सासमा मात्रै नभएर अन्य विभिन्न स्थानमा पनि यस्ता खालका कार्यक्रम हुन आवश्यक छ।

भिडियो:-