Sur Cinema

Edit Content

ताजा अपडेट

भारती देखि सुहाना सम्मलाई नवदुर्गा सम्मान (फोटो फिचर)

१० असोज २०७९
काठमाडौँ रेजीना फिल्मस् र शहिद फिल्मस् प्रा.लि ले हरेक वर्ष आयोजना गर्ने नवदुर्गा सम्मान यसपटक भारती घिमिरे देखि सुहाना थापासम्मले पाएका छन् ।

सोमबार चलचित्र विकास बोर्डमा आयोजना गरिएको कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले नौँ जना अभिनेत्रीहरुलाई नवदुर्गा सम्मान गरेका थिए । अभिनेत्री रेजिना उप्रेती र बिमला केसीले आयोजना गर्ने यो कार्यक्रममा दिग्गज देखि नव अभिनेत्रीहरुलाई सम्मान गर्ने गरेको छ । यो पटकको सम्मान कार्यक्रम तेस्रो हो ।

सम्मान पाउनेहरुमा झरना थापा, सुहाना थापा, पुजा शर्मा, श्वेता खड्का, ऋचा शर्मा, प्रीयंका कार्की, शिल्पा पोखरेल, मेनुका प्रधान र भारती घिमिरे थिए । कार्यक्रममा शिल्पा बाहेक सबै अभिनेत्री उपस्थित थिए ।