Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘२ नम्बरी’को प्रचार प्रसारको लागि भुटानी अभिनेत्री उगेन छोदेन नेपालमा

६ असोज २०७९
काठमाडौं :–

असोजको २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘२ नम्बरी’को प्रचारको लागि मुख्य भुमिकामा रहेकी भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आइपुगेकी छिन् । छायांकन सकेर स्वदेश फर्केकी उगेन रिलिजको मिति नजिकिँदै गर्दा नेपाल आएकी हुन् ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ट्रेलर केही दिनमा सार्वजनिक गर्ने तयारी निर्माण पक्ष छ । फिल्मका कलाकार अन्य प्रोजेक्टमा व्यस्त हुँदा ट्रेलर सार्वजनिक गर्न नसकेको निर्माण पक्षले बताएको छ ।

अब उगेन पनि भुटानबाट नेपाल आएपछि केही दिनमै ट्रेलर सार्वजनिक गर्ने निर्माणपक्षले बताएको छ । यो फिल्ममा उगेनको जोडीको रुपमा दयाहाङ राइले काम गरेका छन् । यस्तै, उपासना सिंहको जोडीको रुपमा सौगात मल्ललाई देख्न सकिनेछ ।