Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

रोकियो हिन्दी ‘प्रेम गीत ३’

६ असोज २०७९
काठमाडौं :–
पछिल्लो समय विवादमा मुछिएको ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा आगामी सोमबारदेखि रिलिज हुने भएको छ । निर्माण कम्पनी आशुसेन फिल्म्सले दशैं घटस्थापनाको दिनदेखि फिल्मलाई देशव्यापी प्रदर्शनमा ल्याउने जनाएको छ । प्राविधिक कारणले चलचित्रको प्रदर्शन दुई दिन पछि सारिएको बताए पनि निर्माण कम्पनीबाट प्राप्त हुने सेन्सर र कर चुक्ताको कागजपत्र नपुगेकाले सेन्सरमा नै ढिलाइ भएको बताइन्छ । सञ्चार तथा

सूचना प्रविधि मन्त्रालयले हिन्दी संस्करणको प्रेमगीत ३ लाई नेपाली फिल्मको मान्यता दिए पनि सेन्सरको कारण चलचित्रको हिन्दी संस्करण शुक्रबार प्रदर्शनमा आउन नसक्ने भएको हो । नेपाली संस्करण भने भोलिबाटै नेपालमा प्रदर्शनमा आउने भएको छ ।