Sur Cinema

Edit Content

ताजा अपडेट

चालिस वर्षमा विवाह गर्दै हैट

६ असोज २०७९
काठमाडौं । नाटकमा अभिनय गर्दै हास्य सिरियल मेरी बास्सैमा हैट भनेकै थेँगोका कारण चर्चामा आएका अभिनेता बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् । चालिस वर्षको उमेरमा उनले मकवानपुरकी अनु थिङसँग भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह गर्न लागेका हुन् ।

अभिनेता तामाङका अनुसार भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा उनीहरुको विवाह हुन लागेको हो । बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् । अभिनेता तामाङले परिवारकै माध्यमबाट मागेर विवाह गर्न लागेका हुन् । उनले विवाह गर्न लागेकी दुहली ३० वर्ष टेकेकी छन् । बुद्धि र अनु १० वर्ष फरक रहेका छन् ।