Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

हिन्दी भाषाको प्रेम गीत ३ नेपालमा प्रदर्शन नगरौंः अशोक शर्मा


चलचित्र संघका महासचिव तथा निर्देशक अशोक शर्माले प्रेम गीत ३ को हिन्दी संस्करण नेपालमा प्रदर्शन नगर्न चलचित्र युनिटसँग आग्रह गरेका छन् । नेपाली चलचित्रलाई हिन्दी भाषामा नेपालमा प्रदर्शन गर्दा त्यसले नेपाली भाषामा दुरागामी असर गर्ने शर्माले बताए ।

प्रेम गीतलाई हिन्दीमा जस्तै नेपालका विभिन्न भाषामा ड्रव गरेर प्रदर्शन गर्दा केही परक नपर्ने भए पनि हिन्दी भाषामा नै प्रदर्शन गर्दा नेपाली भाषमाथिको प्रहार हुने उनको आसय थियो ।

पछिल्लो समय प्रेम गीत ३ को हिन्दी संस्करण नेपालमा प्रदर्शन गर्ने विषयमा मत मतान्तर भइरहेको छ । साथै हिन्दी भाषाको चलचित्रलाई नेपालमा कर छुट दिने विषयमा पनि चलचित्रकर्मीहरु दुई धारमा देखिएका छन् ।