३ असोज २०७९ :-
काठमाडौं , दर्शकको आँखामा छारो हाल्न बलिउड खप्पिस छ । यो भनाइलाई बलिउड चलचित्र उचाइले थप पुष्टि गर्दछ । नेपालमा ६० प्रतिशतभन्दा बढी छायाँकन भएको चलचित्रको पोस्टर सार्वजनिक गरिएको छ । उक्त पोष्टरमा नेपाल नै नआएका बलिउड अभिनेता अमिताभ बच्चन सगरमाथाको फेदमुनी देखिएका छन् । राजश्री प्रोडक्सनको ६०औं प्रस्तुति रहेको चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीको मुख्य भूमिका रहेको छ ।

सार्वजनिक पोस्टरमा तीनैजना हिमालुमनि देख्न सकिन्छ । नेपालमा धेरै प्रतिशत सुटिङ भए पनि अमिताभ बच्चन भने आएका थिएनन् । उनको भूमिकामा डमी कलाकारलाई खेलाइएको थियो । चलचित्रमा धेरै नेपाली कलाकारले पनि अमिनय गरेका छन् । नेपालको नाम्चेदेखि मुस्ताङसम्म चलचित्रको सुटिङ गरिएको थियो । सुरज बड्जात्याको निर्देशन रहेको चलचित्रले मित्रताको कथा भन्नेछ ।