Sur Cinema

Edit Content

ताजा अपडेट

नेपाल भाषाको फिल्म ‘इन्दिरा धिमे मैंचा’ को शुभ मुहर्त

३ अशोज २०७९ :-
काठमाण्डौ, नेपाल भाषाको फिल्म ‘इन्दिरा घिमे मैँचा’ को भक्तपुरको कमलविनायकमा शुभ मुहर्त गरिएको छ । फिल्म ‘इन्दिरा घिमे मैँचा’ नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहने छ ।
बिके फिल्मस्को ब्यानर निर्माण हुने फिल्मलाई सुरेन्द्र तुलाधरको लेखन निर्देशन रहेको छ । गोपाल काजी कायस्थ प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र शाक्य निर्माता हुन् । आगामी असोज १० गते बाट फिल्म छायांकनमा जाने निर्माण टीम जानकारी गराएका छ ।
फिल्मका सहनिर्माताका रुपमा प्रकाश दिप श्रेष्ठ, गंगादेवी मानन्धर, सरिना बज्राचार्य, रजना जोशी र प्रबिन भाम रहेका छन् ।
नेपालभाषाका ख्यातिप्राप्त एवम् लोकप्रिय निर्देशक सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहेको फिल्ममा इन्दिरा लाछिमस्युको समेत अभिनय रहने छ । फिल्मको मुख्य भूमिकामा गणेश राम लाक्षी, आशा काजि थकु, नगिना जोशी, रोजिना सुवाल, रुपेन श्रेष्ठ, देब चन्द्र बज्राचार्य, राम राजा भाम र सिम्रिक श्रेष्ठको भूमिका रहने छ ।


कार्यक्रमका प्रमुख अथिति भत्तपुर नगरपालिका का मेयर सुनिल प्रजापति फिल्मलाई शुभकामना दिए ।
फिल्ममा संगीतकार निल शाक्य र सुरेन्द्र श्रेष्ठको संगीत रहेको छ भने जिवित जल्मी, भुपेन्द्र बज्राचार्य र फिरोज बज्राचार्यको वाद्य संयोजन रहेको छ ।
फिल्ममा गायक जुजुकाजि रंजित र बानिका प्रधानको गायन रहेको छ ।
सोहन मानन्धरको छायांकन रहने फिल्मको मुख्य सहायक निर्देशक भोगेन्द्र मानन्धर र कार्यक्रम ब्यबस्थापक सिताराम माकः रहेका छन् ।