Sur Cinema

Edit Content

ताजा अपडेट

प्रेम गीत ३, सन्तोश सेन र सामाजिक सन्जाल


३ अशोज २०७९ :-
काठमाडौं । फिल्म प्रेम गीत ३प्रदर्शन सङ्घारमा छ । यही असोज ७गतेबाट नेपाल लगायत विश्व भर करिव १७००पर्दामा एक साथ स्कृनिङ हुँदै छ । हिन्दी भाषामा समेत डब गरिएको फिल्म नेपाली र हिन्दी भाषामा एक साथ आउन लागेको हो । यो फिल्मलाई निर्माता तथा निर्देशक सन्तोश सेनले पहिलो इन्डो-नेपाली फिल्म भन्दै आएका छन ।
फिल्मको मुख्य भुमिकामा प्रदीप खड्का, कृस्टिना गुरुङ, मनिश राउत, शिव श्रेष्ठ, सुनिल थापा लगायत रहेका छन । यो फिल्मको कथा तथा निर्देशनमा अर्को एउटा महत्वपुर्ण नाम छुटाउन मिल्दैन छेतन गुरुङ । छेतनको सपनाको प्रोजेक्ट भनिएको यो प्रोजेक्ट प्रदर्शनमा नआउदै उनले भने सन्सार छोडेका छन । फिल्म्को टिमले उनलाई हरपल सम्झिरहेको बताउने गर्छ ।
यो फिल्मलाई लिएर विवाद र प्रसम्सा बराबरी नै चल्दै छ । यस्तोमा आज भने हामीले सन्तोश सेनको सामाजिक सन्जालको गतिबिधी नियालेका छौ । उनी हरेक क्षण सन्जालमा सकृय रहेर दर्शकसङ सम्पर्कमा रहिरहेको देखिन्छ । हाल उनी प्रमोसनका लागि भारत पुगेका छन । तर सन्जालमा उनी नेपाल मै रहे झै नेपालमा घटिरहेका गतिबिधीलाई लिएर सकृय देखिएका छन ।
नेपाल चलचित्रकर्मी महासंघ प्रदेश एकले बिग्यप्ती जारी गर्दै प्रेम गीत ३को समर्थन गरेका छन । “हेर्ने र समर्थन गर्ने सम्बन्धमा” भन्दै महासचिव दिनेश कोइराला र अध्यक्ष अरुण कुमार प्रधानको हस्ताक्षर सहित प्रेस बिग्यप्ती जारी गरेको छ । उक्त बिग्यप्ती सेयर गर्दै सेन लेख्छन,”यो हो देशभक्ति यो हो राष्ट्रीयता यो हो देशको माया..
घेक्राएर र ढोट्को बार लगाएर देशभक्ति हुदैन .. सच्चा मनले देशको इतिहास,कला,संस्कृति,भुगोललाई संसार को कुना कुना पुर्याउनु हाम्रो लागी देशभक्ति हो, देशप्रेम हो….
“ प्रेम गीत ३ संसार भरी बुकिंग खुल्ला छ “

उनले भारतमा प्रमोसनको क्रमका सामाग्री समेत सामाजिक सन्जाल मार्फत सेयर गरेका छन । “टिकट काट्नु भयो त ?” भन्दै उनले पवन दीप राजन समेत रहेको एक भिडियो राखेका छन । फिल्मको टिकट बुकिङ खुलिसकेको अवस्थामा यो उनको फिल्म हेर्न दर्शकलाई आवहान गरेको देखिएको छ ।

त्यस्तै उहाले हाम्रो पात्रो र हाम्रो किबोर्डले प्रयोगमा ल्याएका स्टिकर राख्दै समेत दर्शकलाई टिकटको प्रश्न गरेका छन ।

नेपाल चलचित्र निर्माता संघका अद्यक्ष नवल खड्काले दिएको अभिब्यक्तीलाई बिरोध भै रहदा अन्तत आधिकारिक प्रेस बिग्यप्ती सार्वजनिक भएको छ । यो बिग्यप्ती प्रती उनले असहमती जनाउदै लामै पोस्ट सार्वजनिक गरेका छन । उनले भाषालाई लिएर आफ्नो नेपाली फिल्मलाई बिदेशी फिल्मको सङ्या दिने प्रती आपत्ती जनाएका छन ।
उनको पोस्ट : “चलचित्र निर्माता सङ्घले नेपाली भाषा र यसमा बनेको चलचित्रलाई मात्र प्रबर्द्धन गर्ने भन्दै विज्ञप्ती जारी गरेको छ ।”
नेपाली भाषाको अतिरिक्त प्रदेश ले आफ्नो प्रदेश भित्र बहु संख्यक् एक वा एक भन्दा बढि अन्य राष्ट्र भाषालाई प्रदेशको कामकाजको भाषा निर्धारण गर्न सक्ने व्यवस्था छ… त्यसैले राज्य भित्रका उद्ध्योग र प्रतिभाहरुलाई प्रोत्साहित गर्न र गराउन नेपाली भाषामा नभएको र नेपाली भाषी नहुनाले प्रवर्द्धन नगर्ने भन्न मिल्दैन..
अझ बिशेष गरी साहित्य,संगीत,कलाको क्षेत्रलाई गीत होस वा साहित्य वा चलचित्र, यदी त्यस्ले आफ्नो भुगोलको सिमा नाघेर बिदेशी बजारमा दरो उपस्थिती जनाउन सक्छ र सम्भावना देखाउछ भने त्यस्लाई राज्यले प्रवर्दन नगरेर कस्ले गर्छ त ? यो गम्भिर प्रश्न हो ।
निर्माता सङ्घको भनाइलाई मान्ने हो भने राई,लिम्बु,नेवारि, मगर,गुरुङ्,अवधी लगायत नेपाल भित्र बोलिने सय भन्दा बढी भाषा नेपालको राष्ट्रभाषा हैन त ? अर्को गम्भिर प्रश्न ।
जव हाम्रो नया सम्बिधानले नेपाली नागरिकको मातृ भाषालाई राष्ट्र भाषाको मान्यता दिएको छ,भने बिरगंज देखी बिराट्नगर सम्म बोलिने त्यहाँको कारीव ०.२९ प्रतिशत भाषा राष्ट्र भाषा हो कि हैन ? यो पनि प्रश्न हो ।
की त्यो क्षेत्रको नागरिकहरुलाई नेपाली नै हैन भन्नुपर्‍यो । हैन भने आफ्नो निजी स्वार्थको लागी भनौ वा अन्य नेपथ्यमा लुकेको केहि कारणको कारण बलिउडले समेत स्विकारिसकेको हाम्रो फिल्मलाई निर्माता सङ्घ र चलचित्र बिकाश बोर्डले किन रोक्न र छेक्न खोजेको ?
बिस बर्ष अगाडी सम्म दक्षिण भारतिय चलचित्रको हालत कस्तो थियो र आज कस्तो भएको छ ? आज बिश्वबजारलाई आफ्नो मुठिमा पार्न सफल दक्षिण भारतिय चलचित्र उध्योग कसरी आजको यो स्थानमा आयो ? यो हामिले पनि समिक्षा गरेर हेरौ न ? त्यो उध्योग आज सफल हुनुमा त्यहाँको सरकार, मिडिया, दर्शक अनि फिल्मकर्मीको एकतानै प्रमुख कारण हो । प्रेम गीत ३ बिदेशमा सफल भए सिङ्गो नेपाली फिल्म क्षेत्र लाई नै फाइदा पुग्ने हो । हाम्रो फिल्म बलिउडमा सफल भए अरु फिल्मलाई पनि ढोका खुल्ने हो ।बलिउडकर्मिहरु शूटिङ गर्न यहाँ आए यहाँकै पर्यटन क्षेत्रलाई फाइदा पुग्ने हो ।
हालै केही नेपाली चलचित्रले इन्डो नेपाली फिल्म बनाउने घोषणा पनि गरेका छन् । यो हाम्रै उध्योगलाई हुने फाइदा हो । यती कुरा निर्माता सङ्घ र बिकाश बोर्डले बुझिदिए हाम्रो फिल्मको विश्व बजारीकरण हुने कुरामा संका छैन…

उनले सत्यतालाई नस्विकार्ने, अझ भनौ आफ्नो समर्थनमा नआएका सबै बिषय गलत हुन भन्ने भान दिने कृयाकलाप पनि सन्जालमा गरेका छन । एक समाचार सेयर गर्दै समाचारको भ्रममा नपर्न भनेका छन । उक्त समाचारमा चलचित्र विकाश बोर्ड अध्यक्ष भुवन केसी माथीको आरोप मिथ्या भएको प्रेस बिग्यप्ती समेत समावेश गरिएको छ । अनुमती लिएर फिल्म चलाउन पाउने तर्फ नजर अन्दाज गर्दै उनले आक्रोश पोखेका छन । यो पोस्टमा भने उनले वास्तविकतालाई स्विकार्न नचाहेको देखिन्छ ।

उनले त्यस अघि समेत क्युएफ एक्स चेनमा साझ साढे सात पछि शो राख्न नपाएको आक्रोश देखाएका छन स्कृनसट राख्दै ।

नवल खड्काको अभिब्यक्ती माथी आपत्ती जनाएका केही कलाकर्मीको पोस्ट उनले सेयर गरेका छन । र लेखेका छन,”
चलचित्र क्षेत्रमा मिहिनेत गरेकाहरूले नै यस्को पिडाहरु बुझ्ने गर्दछन्। फिल्म निर्माणको महत्त्व के कति छ भनेर यसरी दिग्गजहरुले हाम्रो पिडा बुझिदिनु भयो । धेरै धेरै धन्यवाद !”
उनले दिपेन्द्र के खनाल, छविराज ओझा र प्रदीप कुमार उदयको पोस्टलाई राखेर सार्वजनिक गरेका हुन ।

हिन्दी डब फिल्ममा लगाइने भनेको १५%कर र समयावधी माथी उनले आपत्ती जनाएका छन । र आफ्नो फिल्मको व्यापार प्रभावित गर्द्न यसो गरिएको उनले आरोप लगाएका छन ।
प्रेमगित ३ को हिन्दि संस्करण लाइ बिदेशि फिल्म करार गरि , FDT भन्ने 15% अतिरिक्त कर (TAX) लगाउने भनिएको छ ।

यो बाहेक हालसम्म नसुनिएको बोर्डको स्वबिबेकले तोक्ने शो सकिने समय पनि लिमिट गर्ने निर्णय फिल्म प्रदर्शनको 1 हप्ता अगाडि आउनु अर्को आपत्ति रहेको छ ।

सम्पुर्ण THEATER लाइ कल गरेर शो गर्ने टाइम 8/8:30 पछि नरहने गरि उर्दि जारि गरिएको छ ।

अहिले टोकिएको सिमा अनुसार शो सकाउन पर्ने बाध्यता हुँदा 8pm पछि शो राख्न सकिने अबस्था रहन्न । जसले गर्दा दसैं को माहोल भएको समय र अर्को हप्ता धेरै फिल्म आएको परिस्थितिमा दर्शकले अपार माया देखाएको प्रेम गीत-३ लाइ इतिहास रच्न सक्ने बाताबरण बाट बन्चित गर्ने खेल बाहेक अरु केहि हुन सक्दैन ।

आजनै पनि दरबारमार्ग वा BIG MOVIES जस्तो ठाउमा जहा 9/10 बजे सम्म शो सुरु हुन्थ्यो । हिजो बाट 8/8:30 बजे पछि शो छ कि छैन चेकजाँच गर्न सक्नुहुन्छ ।

हामिलाइ गलत प्रमाणित गर्ने नियत सहित आएको समाचार बाट सतर्क रहौ । तेस्ता समाचार वालालाइ बुझेर लेख्न अनुरोध छ ।
यति मात्र नभै ,
यि र यस्ता बिबिध कारणले प्रदर्शनको अन्तिम घडिमा प्रोमोशन मा लाग्ने कि राजनीतिलाइ सम्हाल्ने अन्योल पनि परेको छ ।

उनले अस्ट्रेलिया शोको टिकट बिक्री भएको खुसी पनि सेयर गरेका छन ।

समयावधीको बिग्यप्तीमा उनले मेरै फिल्मको पालामा किन भन्दै प्रश्न गरेका छन ।
विकास बोर्डको स्वबिवेक “प्रेम गीत ३” को नही पालामा किन …?
राम्रो संग अनुसन्धान गरेर समाचार सम्प्रेषण गरौ.. कार्तिक १ गते सेन्सरको कुरा हो .. ११ बजे पछी सो नलगाउने भन्ने
“ प्रेम गीत ३” रिलीज़ को ठिक १ हप्ता अगाडीको हो..

उनले आफ्नो फिल्मलाई विश्व भर अझ भारतबाट यत्रो सात सहयोग मिलिरहदा नेपालमा भने विभेद गरिएको, खुट्टा तानिएको आरोप लगाएका छन । तर उनी स्वयम् अहिले।पनि भारत प्रमोसनमा छन । मोफसलमा पनि न उनी पुगे न त मुझ्य कलाकार । यसरी हेर्दा अरु माथी मात्रै दोश थुपार्ने भन्दा पनि आफू कहाँ चुके भनेर पनि हेर्न सके सेनको फिल्मलाई नेपाली दर्शकले माया गर्ने पक्का थियो ।