Sur Cinema

Edit Content

ताजा अपडेट

मुक्तिनाथ मन्दिरमा चलचित्र ‘अन्तिम संस्कार’ को शुभ मुहर्त

शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अन्तिम संस्कार’ को शुक्रबार मुक्तिनाथ मन्दिरमा शुभ मुहर्त गरेर छायांकन सुरु गरिएको हो।सांस्कृतिक तथा सामाजिक कथा वस्तु समेटिएको ‘अन्तिम संस्कार’को छायांकन गर्न अंग्रज कलाकार विजय लामासहितको चलचित्र युनिट मुस्ताङ पुगेका हुन्। चलचित्र युनिटले मुस्ताङमा करिब ४० प्रतिशत छायांकन सक्काएर बाँकी छायांकन काठमाडौंमा गर्ने बताएको छ।

मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा चलचित्र ‘अन्तिम संस्कारको छायांकन गरिने चलचित्र निर्माता विनोद सुवेदी खत्री (टाटेमित)ले जानकारी दिए। चलचित्र ‘अन्तिम संस्कार’को निर्माता विनोद सुवेदी हुन् भने चलचित्रको निर्देशन प्रदीप शाहीले गर्नेछन्। प्रेम खड्का र बोधराज पौडेलले मुस्ताङको छायाँकनको ब्यबस्थापन गर्दैछन्।

झन्डै डेढ करोड लागत रहेको सो चलचित्रमा कलाकार विजय लामासहित दिया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, सारदा गिरी, त्रिचु राई,सश्मिता गिरी र दिग्गज खत्री लगायतको अभिनय रहने छ। चलचित्रको छायांकन बाबु श्रेष्ठले गर्दैछन्। निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । उनको निर्देशनमा बनेको पहिलो चलचित्र ‘गोर्खा बिनिथ द ब्रेभरी’ प्रर्दशन भई सकेको छ ।