१ अशोज , २०७९ पछिल्लो समय मिडियामा खुलेरै बोल्न थालेका नायक प्रदिप खड्काले शनिवार आयोजित एक कार्यक्रममा उनले ‘प्रेमगीत ३’लाई लक्षित गरेर बोर्डले रातीको ११ बजेपछि फिल्म चलाउन नपाइने निर्णय गरेकाले सर्वोच्च अदालतमा असोज २ गते हुन लागेको सुनुवाई भन्दा अगाडि नै बोर्ड अध्यक्षले राजीनामा दिए इज्जत बढ्ने बताएका छन् चलचित्र ‘प्रेम गीत ३’ आगामी असोज ७ गतेबाट प्रदर्शनमा आउदैछ । सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा बहुप्रतिक्षितको सुचीमा समावेश छ । यो सिनेमा असोज ७ देखि नेपाल, भारतसहित विश्वव्यापी रिलिज हुँदैछ । प्रदीप खड्का क्रिष्टिना गुरुङ ,संगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको सिनेमालाई , राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन र बनिश शाहले सम्पादन गरेका हुन। सिनेमामा मनदीप गौतम र स्वर्गीय छेतेन गुरुङको लेखन रहेको छ। आशुषेन फिल्म्स प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा सन्तोष सेनको निर्माण, चक्र बहादुर चन्द र डम्बर विक्रम सेनको कार्यकारी निर्माण तथा कुमार शान शाह र ओएसआर डिजिटलको सह-निर्माता रहेका छ्न ।हेर्नुस् फोटो फिचर :-


