Sur Cinema

आन्तरिक द्वन्द्वमा अल्झिएका चरित्र देखिने ‘ताराहरु’को पोस्टर

काठमाडौं : आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘ताराहरू’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा आन्तरिक द्वन्द्वमा अल्झिएका चरित्र देखिएका छन् ।

अभिनेता आशान्त शर्माको लुक्स आशान्त र मानसिक रूपमा विचलित देखिन्छ भने साथमा देखिएकी अभिनेत्री मेनुका प्रधानको चरित्रले भने केही भिन्नताको आभास दिन्छ । निर्देशक शर्माका अनुसार ‘ताराहरू’ मध्यम वर्गीय परिवारको कथामा आधारित छ । शहरको निम्न मध्यम वर्गीय परिवारको कथा फिल्ममा देखाइएको उनको भनाइ छ ।

सिनेमाको निर्देशन शर्मा स्वयंले गरेका हुन् । सिनेमामा अन्य कलाकारहरुका रुपमा कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतको अभिनय रहेको छ । गोपिनी सेढाइँ र कृष्णप्रसाद पंगेनीले निर्माता रहेको सिनेमा वेज प्रालिले निर्माण गरेको हो।