काठमाडौं : निराजन प्रधानको निर्देशन तथा सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको गीत ‘माया बस्यो’ सार्वजनिक भएको छ । भिडियोमा केकी अधिकारी र राघव दाहालको अभिनय रहेको छ । पार्स्व संगीतको झल्को दिने गीतमा प्रेमिल जोडीको प्रेम छ ।
अनुहार देख्दै प्रेम बसेको प्रसंगबाट सुरु हुने गीतले सागरभन्दा गहिरो र नदीभन्दा लामो माया बसेको कुरा गर्छ । एकले अर्काको तारिफ गर्ने गीतले एकअर्काको आनीबानीको खुलेर प्रशंसा गरेको छ । सुख–दुःख सँगै काट्ने बाचा गर्दै एकअर्कालाई जिन्दगी सुम्पने प्रण सँगै सरगम घतानले लेखेको गीत टुगिन्छ ।
योगेश काजी शाहको संगीत तथा एरेन्ज रहेको गीत मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका छन् । अर्जुन तिवारीको डिओपी रहेको भिडियोमा ड्रोन सट सुरेश काफ्लेको छ ।सम्पादन तथा रंग संयोजन प्रवीन श्रेष्ठले गरेको भिडियोमा कोरियोग्राफी रोशन विश्वकर्माको छ ।















