काठमाडौं : निर्माणाधिन सिनेमा ‘परालको आगो’मा पुरानै कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन,बस्न ए लै मन छैन’ समाबेश हुने भएको छ । निर्माण पक्षले संगीतकार शान्ति ठटालसँग यो गीत सिनेमामा राख्नका लागि अनुमति लिएको छ।
सुशिल पोखरेलको निमार्णमा बन्न लागेको सिनेमा ‘परालको आगोमा’का लागि संगीतकार शान्ति ठटालसम्म उनको निवासमै पुगेर सम्झौता भएको हो । चार दशक अघि निर्माण भएको सिनेमा ‘परालकै आगो’को गीतलाई नयाँ पनि राख्नका लागि अनुमति लिएको निर्माता पोखरेलले बताए ।
शान्ति ठटालको संगीत रहेको यो गीतमा मनबहादुर मुखियाको शब्द र स्व.अरुणा लामाको स्वर रहेको छ। यो कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन,बस्न ए लै मन छैन’ बोलको गीत अहिले पनि उतिकै चर्चामा छ । सिनेमाको लागि यो गीत नै चाहिने हुनाले श्रष्टा ठटालकै निवास भारतको सिलगुडी पुगी संगीतकार गीतका लागि अनुमती लिइएको निर्माता पोखरेलले बताए । उनका अनुसार दुवै पक्षबीच कागजी सम्झौता समेत भएको छ।
संगीतकार ठटालले आफुले यो गीत परालको आगोमा समावेश गर्न अनुमति दिएको बताएकी छन् । उनले भनिन्,‘श्री ॐ सिने मेकर्स प्रा.लिबाट निर्माण हुन लागेको नेपाली कथानक सिनेमा गुरु प्रसाद मैनालीको कथा ‘परालको आगो’मा उल्लेखित शब्द र मैले कम्पोज गरेको संगीत ‘उडी जाउं भने म पन्छी हैन, बस्न ए लै मन छैन’पुन निर्माणाधिन सिनेमा ‘परालको आगो’मा प्रयोग गर्न मेरो पुर्ण मन्जुरी छ । साथै सिनेमाको अपार सफलताको हार्दिक मंगलमय शुभकामना पनि दिन चाहन्छु।’ आफ्नो गीत सिनेमामा समावेश हुँदा खुशी लागेको बताईन्।
कथाकार गुरुप्रसाद मैनालीको कृतिमा आधारित सिनेमा ‘परालको आगो’मा अभिनेताद्धय जितु नेपाल,प्रकाश सपुत, अभिनेत्री सुहाना थापाले अभिनय गर्ने पक्कापक्की भइसकेको छ। केहि साताअघि निर्माण टिमले उनीहरुलाई अनुबन्धित गरेको हो।
सिनेमा निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले सुहानालाई शुक्रबार सिनेमामा अनुबन्धित गरेकी हुन् । मैनाली कथा पुरस्कार ट्रस्टले केही समयअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई सिनेमा निर्माणको मञ्जुरी दिएको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ ।
उनले दर्जनौं मल्टिस्टारलाई अभिनय गराएर त्यही मात्रामा सुपरहिट सिनेमा दिएको ठूलो ब्यानर हरिओम सिने मेकर्स र ‘बुलाकी’ जस्तो दर्जनौं अवार्ड विजेता निर्देशक लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको यो सिनेमा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले सिनेमा निर्माण गरेका थिए ।
निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले सिनेमामा प्रस्तुत गर्न लागेको बताए । निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने सिनेमा फागुनदेखि छायांकनमा जाँदैछ। कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ ।















