Sur Cinema

भदौ ६ मा ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’

काठमाडौं : सिनेमा ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने भएको छ । निर्माणपक्षले सोमबार सिनेमाको कथा झल्काउने एक दृश्य सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेर जानकारी दिएको हो ।

यो सिनेमा आमाको खोसिएको खुसी फर्काउन सम्पत्ति कमाउन घरबाट सहर पस्ने छोरोको कथा हो । आमाको खुसी फर्काउन उसले के–के गर्छ, त्यही यात्राको उतारचढाव फर्स्ट लुकमा देखाउने प्रयास गरिएको छ । सिनेमाको छायांकन सकेर अहिले पोस्ट प्रोडक्सनमा छ । सिनेमालाई निर्देशक हिमाल न्यौपानेले गरेका छन् । यो उनको डेव्यु निर्देशन हो । सिनेमाको असोसियट निर्देशक मनिष राउत हुन् ।

काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा छायांकन गरिएको सिनेमाले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका कथा र उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्छ । सिनेमाले आमा र छोराबीचको भावनात्मक कथा बोल्नेछ ।

सिनेमामा अभिनेता विजय बराल, अभिनेत्री केकी अधिकारी, मिरुना, मगर गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ । पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, फिलिप डिसी, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् ।

सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहने सिनेमामा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । सिनेमाका निर्माण नियन्त्रक लक्ष्मण राज पौडेल हुन् ।