Sur Cinema

माईकलको सिनेमामा सुशीलको प्रवेश

काठमाडौं : माईकल चन्दको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘राम नाम सत्य’मा बिराज भट्ट पछि सुशील श्रेष्ठको प्रवेश भएको छ । सुशीलसँग निर्माणपक्षले बुधवार कागजी संझौता गरेको छ । निर्देशक चन्दका अनुसार अहिले धमाधम कलाकारहरू अनुबन्धित गर्ने काम भैरहेको छ । 

म्युजिक भिडियो निर्देशनमा सफलता हात पारेपछि निर्देशनमा पाइला चाल्न लागेका चन्द आफ्नो सपनाको प्रोजेक्ट ‘राम नाम सत्य’को प्रि–प्रोडक्सनमा व्यस्त छन् । यो सिनेमाको स्क्रिप्ट फाइनल भइसकेको छ । एक्सन, लभ स्टोरी र सस्पेन्स कथामा निर्माण हुन लागेको सिनेमामा सुशीलको रोमान्स र एक्सन हेर्न सकिनेछ ।

 माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो सिनेमामा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ । सिनेमाका कार्यकारी निर्माता डाक्टर डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् ।