काठमाडौं : आजकल “वादी” हरु कट्टर बन्दै गएको देखिन्छ । राजावादी हुन चाहे गणतन्त्रवादी चाहे अरु कुनै पनि वादको पछि लाग्नेहरु यस्तै यस्तै बन्दै गएका देखिन्छन् । कोही एक लाई चलायो अझ भनौ उनीहरुको आस्थामाथी सत्य नै भए पनि केही शब्द बोलोस मात्रै त अरिङ्गालको गोलामा ढुङा हाने झै भएको देख्न सकिन्छ ।
नायिका सुरक्षा पन्तले पुर्वराजाका नातीलाई अभिनय या अन्य कुनै कला क्षेत्रमा जोडिन सुझाईन । उनको सुझावले न त हृदयन्द्रलाई फरक पर्ने वाला छ न कार्यक्रम सन्चालक जस्ले सुरक्षालाई बोल्न लगाएका थिए । फरक त उक्त अन्तर्वाता पछि सुरक्षालाई पनि पर्नु नपर्ने हो । तर त्यही “वादी” को झुण्डको सिकार भएकी छन सुरक्षा अहिले । उनलाई तरह तरहका गालीको वर्षात भैरहेको छ । सामान्य रुपमा लिएर अघि बढ्न सकिने विषय चर्काईदै गैइएको छ र द्वन्द बितृष्णा बिस्तार गरिदै छ ।
भन्नेहरु उनलाई बौद्धिक नायिका पनि भन्छन् । इन्जिनियर भएकै कारण उनी माथी यो ट्याग दिइएको होला सायद । तर कला र इन्जिनियरिङ बिचको सम्बन्ध उनै ट्याग भिराउनेले जानुन । यो र उनका पछिल्ला अन्तर्वार्ता हेर्दा सुरक्षालाई एक अङ्ग्रेजी शब्द “कनिङ” को ट्याग भिराउन भने उत्तम देखिन्छ ।
प्रकाश सुवेदी शो जहाँ सुरक्षाले कही न कही आफ्ना अभिब्यक्ती मार्फत धुर्त ब्यक्तित्वको छवि बाहिर ल्याएकी छन् । एक पटक उनले हाल राजावादी बनेका दुर्गा प्रसाईको कदमलाई गलत भनेका छन भने दुर्गाकै बारे बोल्दै उनले धेरैलाई आफ्नो प्रभावमा पार्न सक्ने ब्यक्तित्व भन्दै खुलेर प्रसम्सा पनि गरेकी छन् ।
सुरक्षा अभिनित सिनेमा शुक्रबारबाट हलमा लाग्दैछ । यस्तोमा अहिलेको अवस्थामा उनले पुर्व राज परिवार बारे दिएको अभिब्यक्तीले हलचल मच्चाउने पक्का थियो । र यस्को फाईदा कही न कही सिनेमालाई हुने देखिन्थ्यो । होइन भने “खेल” सिनेमा आम दर्शक सम्म पुगेको अवस्था थिएन । तर अब सुरक्षा विवादमा तानिदै गर्दा कही न कही सिनेजगतको चर्चित भनाई नाम होस बदनाम होस तर गुमनाम नहोस भन्ने सोचले उनलाई पनि घेरेको देखिन्छ ।
हुन त सोध्नेले पनि “नो कमेन्ट्स” को अर्थै नबुझी पटक पटक त्यही प्रश्न सोधेको देख्दा दिक्कै लाग्ने क्लिप्स अहिले पनि सुरक्षाको भाईरल छ । तर पहिला बनिएर बोल्नु र अहिले आफुले बोलेको कुरामा अडिक नहुदै गर्दा यो सब सुरक्षा कै सिनेमा चलाउने फण्डा र उनै द्वारा सिर्जित विवाद पो हो कि भन्न सकिन्छ ।
कला जगतमा आफै माथी आफैले जाहेरी दिएर विवादित बन्दै चर्चामा आउने कलाकर्मीको कमि त छैनन नै भने सिनेमा चलाउन सानातिना फण्डालाई त सामान्य नै मानिदिन पर्ने त होला । कि के हो सुरक्षा जी !















