Sur Cinema

दुर्गेशको स्वरमा ‘कर्मा’को टाईटल गीत : जस्तो मान्छे त्यस्तै व्यवहार हुने सत्यलाई उजागर

काठमाडौं : दुर्गेश थापाको शब्द, संगीत, एरेन्ज तथा स्वर रहेको ‘कर्मा’को टाईटल गीत सार्वजनिक भएको छ । असलका लागि असल र खराबका लागि खराब भन्ने सन्देश दिएको गीतले जस्तो मान्छे त्यस्तै व्यवहार हुने सत्यलाई उजागर गरेको छ ।

सिनेमाको गीतको ब्याकग्राउन्ड भोकल आरसी रिमाल र भुषण खतिवडाको छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायत रहेका छन् । दुर्गेश स्वयंले पनि भिडियोमा राम्रो समय अकुपाइ गरेका छन् । ट्रेलरले राम्रो हाइप बनाइरहेको अवस्थामा दुर्गेशको गीतले यसलाई थप हाइप दिने अपेक्षा निर्माणपक्षको छ ।

यसैबीच, सिनेमाको ट्रेलर नेपालसहित कतार, कोरिया र जापानमा लगायत युट्युबको ट्रेन्डिङमा समेत रहेको छ । विपीनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भन्ने प्रयास गरेका छन् ।

‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ । नयाँ वर्ष २०८२ को छेको पारेर सिनेमा चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो सिनेमा एकसाथ प्रदर्शन हुनेछ ।

सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । सिनेमाले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ । यो सिनेमामा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।