Sur Cinema

बिहेको पैसाले सिनेमा बनाउने कृषा

काठमाडौं : सिनेमा ‘पिताम्बर’को निर्देशक हुन कृषा चौलागाईं । तर उनको कला जगतमा निर्माता छवि अझ फराकिलो छ । ‘इन्साफ’ मार्फत उनी निर्माताको रुपमा सिने जगत प्रवेश गरेकी हुन् ।

उनले भविष्यको लागि अझ भन्दा विवाहका लागि भनेर परिवारबाट पाएको रकम लिएर सिनेमा निर्माण सुरु गरेको एक कार्यक्रममा बताएकी छन् । एसएलसी दिएर बसेको समयमा उक्त रकम पाएको र रहर नै रहरमा सिनेमामा लगानी गरेकी उनको अन्तत: यही क्षेत्र नै जिन्दगी बन्न पुगेको छ । ‘इन्साफ’मा गरिएको लगानी बारे विवाहको खर्च यता लगाएको बताउने उनले ‘पिताम्बर’मा भने घरमा नै मुर्गा पाएको बताएकी छन् ।

सोमबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनी आफ्नै भाईको सिनेमामा लगानी रहेको कारण “मुर्गा” आफ्नै घरमा पाएर सिनेमा बनाउन सहज भएको बताएकी छिन् । जे जसरी होस कृषाले चलेका धेरै कलाकारलाई एउटै सिनेमामा अटाउने छवि स्थापित गरेकी छन् । उनले ‘इन्साफ’बाट ‘पिताम्बर’ सम्म आईपुग्दा कलाकारको जम्बो टोली एक साथ ल्याउने काम भने सफलताका साथ गरेकी छन् ।