Sur Cinema

भ्यालेन्टाइन डेमा दया र आँचल स्टारर ‘दुखी आत्मा’

काठमाडौं : केही दिन अघि मात्रै छायांकन सकेर पोष्ट प्रोडक्सनमा रहेको सिनेमा ‘दुखी आत्मा’को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार सिनेमाको निर्माण टिमले टाइटल पोस्टर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति घोषणा गरेको हो । सिनेमा आगामी फागुन २ गते भ्यालेन्टाइन डेबाट प्रदर्शनमा आउने भएको हो ।

दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो सिनेमालाई हिमाल कडरियाले निर्माण गरेका हुन् । काठमाडौंको सेरोफेरोमा खिचिए सोसियल कमेडी जनराको सिनेमामा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुस्कर गुरुङ, कविता आले, शिसिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार, यासेली योङहाङलगायतका कलाकारको अभिनय रहनेछ ।

क्लक वर्क कृएसन्सको ब्यानरमा निर्माण भएको सिनेमामा आलोक शुक्लाको छायांकन, सुशान्त गौतमको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहनेछ । सुदीप ढकाल कार्यकारी निर्माता रहेको सिनेमाको बितरण आरआर फिल्मस्ले गर्नेछ ।