विजय बरालको मुख्य रहेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ तिहारको छेको पारेर आजबाट रिलिज भएको छ । सिनेमाले मल्टिप्लेक्सहरूमा राम्रो शो पाएको छ ।
सरोज पौडेलले निर्देशन रहेको सिनेमामा विजयसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, देशभक्त खनाल, भोलाराज सापकोटालगायत कलाकारहरुलाई देख्न सकिन्छ । सिनेमाले गन्धर्व समुदायको कथा भन्छ ।
सिनेमाको संवाद महेश दवाडीले लेखेका छन् भने निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।















