Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

निश्चल बस्नेत भन्छन् : बौद्धिक सम्पति चोरी नगर्न सबैमा अनुरोध

काठमाडौं : गत बिहीबारबाट प्रदर्शनमा आएको सिनेमा ‘बेहुली फ्रम मेघौली’ सामाजिक सञ्जाल टिकटक, फेसबुक, इन्स्टाग्राम र टिट्वर लगायतका माध्यममा महत्त्वपूर्ण दृश्यहरु पाइरेसी भएपछि निर्माण टिम उजुरी लिएर साइबर ब्युरो पुगेको थियो ।

साइबर ब्युरोले अबको केही समयबाट नै सिनेमाका क्लीप अपलोड भएका सवै एकाउन्टहरु बन्द हुने जानकारी दिएको निर्माता तथा अभिनेता निश्चल बस्नेतले बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नो कदमलाई साथ दिएकोमा साइबर ब्युरोलाई धन्यवाद दिएका छन् ।

निश्चलले लेखेका छन्, ‘हाम्रो सिनेमा हेरेर माया गरीदिनुभएकोमा सबैलाई धेरै धेरै धन्यबाद । यदि हलमा भिडियो खिचेर आफ्नो सामाजिक संजालमा (फेसबुक, इन्स्टाग्राम ट्टिवर, टिकटक)मा हाल्नुभएको छ भने तपाईको एकाउन्ट बन्द हुनेछ, साईबर ब्युरोलाई धेरै धेरै धन्यवाद । साथै बौद्धिक सम्पति चोरी नगर्न सबैमा अनुरोध छ । पाईरेसी अपराध हो, आफु पनि बुझौं र अरुलाई पनि बुझाउ, कानुनी प्रक्रिया अगाडी बडिसकेको पनि जानकारी दिन चाहन्छु ।

अहिले सिनेमाले दर्शकबाट उत्कृष्ट वर्डअफ माउथ बटुल्दै बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ ।