काठमाडौंः नेपाली सिनेमाहरूको लागि अग्रणी डिजिटल प्लेटफर्म ‘सिनेमाघर’ले आफ्नो एपमा चर्चित नेपाली सिनेमा ‘डिग्री माइला’को पुनः सम्पादित संस्करण सार्वजनिक गरेको छ । सफल निर्देशक रामबाबु गुरुङ निर्देशित तथा दयाहाङ राई, आँचल शर्मा, बुद्धि तामाङ जस्ता लोकप्रिय कलाकारहरू अभिनीत यो सिनेमा अहिले विश्वभरका दर्शकहरूलाई लक्षित गरी सिनेमाघर एपमा उपलब्ध भएको हो ।
नयाँ सम्पादनमार्फत ‘डिग्री माइला’को कथ्य शैलीलाई नयाँ स्वरूपमा प्रस्तुत गरिएको छ, जसले हलमा हेरिसकेका दर्शकहरूलाई समेत फरक अनुभव दिने अपेक्षा गरिएको छ । प्रदर्शनपश्चात् हलबाट उत्रेको कम समयमै डिजिटल प्रिमियर गर्न लागिएको हुनाले ओटीटीमा सिनेमा हेर्ने दर्शकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

‘सिनेमाघर एप’ एन्ड्रोइड र आइओएस मोबाइलहरूमा मात्र नभई, स्मार्ट टिभी प्लेटफर्महरूमा पनि विस्तार गरिएको छ। अब दर्शकहरूले ‘डिग्री माइला’ लाई एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, एलजी वेबओएस र सामसुङ स्मार्ट टिभीहरूमा सजिलै स्ट्रिम गरेर हेर्न सक्नेछन्।
‘डिग्री माइला’ हेर्ने लिङ्कः https://cinema-ghar.com/degree-maila-ma-3rd-class















