काठमाडौं : भदौको १४ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘वर एण्ड वधु’को ट्रेलर आज सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै लभ, रोमान्स, धोका, कमेडी र एक्सनले भरिएको सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।
मिलन चाम्सको निर्देशनमा तयार भएको यो सिनेमामा जानुका थापाको लगानी छ । अमित रिजाल कार्यकारी निर्माता रहेको सिनेमालाई एलआरके प्रोडक्सनको प्रस्तुतिमा तयार पारिएको हो । सुदिप बरालको डीओपी रहेको सिनेमामा मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, हिमाल केसीको एक्सन, प्रदीप भारद्धाजको लेखन, रविन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफी, सन्तोष लामाको कला निर्देशन, अर्जुन पोखरेलको संगीत छ ।

यो सिनेमामा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन र सिता न्यौपानेको अभिनय छ ।
सिनेमाको ट्रेलरमा उच्च क्यानभास देखाइएको छ । नेपाल र रोमानियाको लोकेशनमा खिचिएको यो सिनेमाले दर्शकलाई हलसम्म तान्ने विश्वास गरिएको छ ।















