काठमाडौं : ॐ हर हर आदि शक्तीको तेस्रो वार्षिक उत्सव सम्पन्न भएको छ । पशुपति परिसरमा नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङ ज्यु को प्रमुख आतिथ्यमा पुर्व सांसद शंकर प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न भएको हो ।

शिव योग साधना केन्द्र कि अध्यक्ष गुरुआमा राधिका भट्टराई, उज्ज्वल फाउन्डेसनको अध्यक्ष उज्ज्वल अधिकारी, अपांग सेवा केन्द्रका अध्यक्ष चन्द्र बहादुर खत्री, समकालीन एकता समाजकी अध्यक्ष सकुना श्रेष्ठ मलेकु लगायत विभिन्न समाज सेवामा लाग्नु भएको ब्याक्तित्वहरुलाई अभिनन्दन गरिएको थियो ।

ॐ हर हर आदि शक्तीको संस्थापक तथा सिनेमा निर्देशक राम बहादुर खत्री (शरद)ले संचालन गर्नु भएको उक्त कार्यक्रममा सिनेमा ‘सतिदेवी’का निर्माता तथा निर्देशक लक्ष्मण सुवेदी र सतिदेवी मलिका महत विशेष सम्मान गर्दै सफलताको शुभकामना दिदै कार्यक्रम समापन गरिएको थियो ।




















