काठमाडौं : नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको सिनेमा ‘प्रकाश’ भिडियोपसल एपमा रिलिज भएको छ । सामाजिक यथार्थमा आधारित ‘प्रकाश’मा गरेको अभिनयलाई लिएर नायक प्रदीपको चौतर्फी तारिफ भएको थियो । सिनेमा हेरेका अधिकांश दर्शकले सिनेमाको कथावस्तु, सन्देश र कलाकारलाई पनि मन पराएका थिए ।
कर्णालीको रहनसहन र जीवनशैलीलाई लिएर तयार पारिएको सिनेमामा जनयुद्धमा बेपत्ता पारिएको बाबुको परिवारमा छोराले शिक्षक बन्न गरेको सङ्घर्षको कथा देखाइएको छ । सिनेमामा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ।
बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको सङ्गीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व सङ्गीत रहेको छ।
सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी साथै वेभसाइट www.videopasal.com मा पनि सिनेमा हेर्न सकिन्छ । भिडियो पसलमा २ .९९ डलर देखी ५ .९९ डलरसम्म विभिन्न प्याकेज लिई 4K गुणस्तरमा पनि सिनेमा हेर्न सकिन्छ । उपलब्ध सिनेमाहरू विदेशबाट एप्पल पे, गुगल पे, मेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ ।
२०१७ देखि सञ्चालनमा रहेको भिडियोपसलमा ‘प्रकाश’का अलावा ‘एक भागवत गीता’, ‘ऐँचो पैँचो’, ‘छक्का पन्जा ४’, ‘झिङ्गेदाउ’, ‘मन्त्र’, ‘लाखे’ लगायतका सिनेमाहरू हेर्न सकिन्छ । एपमा सिनेमासँगै अन्य सर्ट सिनेमाहरू पनि उपलब्ध छन् ।
सिनेमाको लिन्क – https://onelink.to/onlinenews















