Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘मायाका रंगहरु’मा सिक्किमका चर्चित कमेडियन पदम तामाङ

काठमाडौं : सिनेमा ‘मायाका रंगहरु’मा सिक्किमका चर्चित कमेडियन पदम तामाङ अनुबन्धित भएका छन् । उनलाई सिनेमाका निर्माता तथा निर्देशक केवल तामाङले हालै अनुबन्धित गरेका हुन् ।

यसअघि सिनेमामा अभिनेता पल शाह, सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् । निर्देशक तामाङले सिनेमाका लागि प्रमुख नायिकाको खोजी भइरहेको बताए ।

प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको छायांकन काठमाडौं र इलामसँगै भारतको दार्जिलिङमा गरिनेछ । पुनम तामाङ प्रस्तुतकर्ता रहको  सिनेमाको निर्माता आरबी थाङदेन हुन् ।

सिनेमामा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

सिनेमाका सह–निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन् । सिनेमाको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् ।