Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘सोल्टिनी चट्ट परेर’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं
बिना राउत र जान रानाको प्रस्तुति रहेको म्युजिक भिडियो ‘सोल्टिनी चट्ट परेर’ सार्वजनिक भएको छ ।उक्त गित मिलन गुरुङ को व्यक्तिगत युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

टिकटकबाट उदाएकी कलाकार बिना राउत र नव कलाकार जान रानाको प्रस्तुति भिडियोमा लोभलाग्दो देखिएको छ । यी दुईलाई मृगेन्द्र गुरुङले साथ दिएका छन्  भने सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ ।
  क्यामरामा मिलन लुइँटेल, डी ओ पी प्रवेश पोखरेलको रहेको छ भने निर्देशन तथा सम्पादन मित्र डी गुरुङको रहेको छ। मेलिना राई र मिलन गुरुङले गीतमा आवाज दिएका छन्। शब्द र संगीत पनि मिलन गुरुङलाई रहेको छ।