Sur Cinema

युट्युवका हेडलाईनप्रति निताको आपत्ति

काठमाडौं : नायिका निता ढुंगानाले युट्युवमा आएका हेडलाईनप्रति आपत्ति जनाएकी छिन्। आफू लक्षित जथाभावी हेडलाईन राखेर भिडियो अपलोड गर्ने युट्युब च्यानलहरुको स्क्रिनसट सार्वजनिक गर्दै एक स्टाटस समेत लेखेकी छिन् ।

‘कलाकार भएपछि विभिन्न चरित्र निर्वाह गर्नुपर्ने हुन्छ, निताले फेसबुकमा लेखेकी छिन्, ‘विभिन्न चरित्र निभाउने क्रममा हामिले आफ्नो कर्म र धर्म निर्वाह गरिरहेका हुन्छौँ । तर, सिनेमा वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई पत्रकारले समाचार सम्प्रेषण गर्दा कलाकारको वास्तविक जिवनमा त्यस्ता घटना भएको भन्ने आसय दिने भ्रामक हेडलाईन राख्ने र साना ठुला सामाजिक संजाल संचालकले त्यहाँका दृश्यहरुको गलत तरिकाले प्रस्तुत गर्ने गरेको कुरा नौलो हैन । यस्ता कृयाकलापले धेरै कलाकारको जिवनमा नकारात्मक प्रभाव पारिरहेको छ । यस्तो प्रचलनप्रती मेरो घोर भत्सर्ना छ ।’

निता अभिनित ‘मरिहत्ते’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नका लागि बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन भएको थियो ।तर, त्यहाँ पुगेका पत्रकारले भिडियोको कुरालाई आफ्नो व्यक्तिगत जिवनसंग जोडेर भ्रामक हेडलाइन राखेपछि निताले आपत्ति जनाएको बताएकी छिन् ।

भिडियोमा गर्भवती भएको कुरालाई व्यक्तिगत जीवनसँग जोडेर हेडलाईन लेखेकोले आफ्नो जिवनमा नकारात्मक प्रभाव पारेको निताले स्टाटसमा उल्लेख गरेकी छिन् ।