Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

म्यानेजर देखि हजामसम्म, समर्थक भन्दा युटुबर धेरै विमानस्थलमा

काठमाडौं : नाबालिका बलात्कार आरोप लागेका अभिनेता पल शाह पोखराबाट काठमाडौं आएका छन्। उनलाई लिनका लागि त्रिभुवन विमानस्थलमा युटुबरहरु अन्तरवार्ता लिनका लागि भिड लागेको छ।

साँढे १२ बजेको प्लाइटमा उडेका पललाई लिनका लागि हजाम जुरी ठाकुर देखि उनका पिए कृष्ण जोशी लगायत विभास्थलमा कुरेका छन्। बलात्कार जस्तो जघन्य अपराधमा सफाई पाएका पललाई जेलबाट रिहा हुँदा उनलाई फूलमालाले स्वागत गरिएको थियो।

बलात्कारी आरोप लागेकालाई फूलमाला सहित समर्थन र पिडितलाई झन् पिडा दिएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ।

गत वर्ष फागुन १५ गते नाबालिका बलात्कार आरोपमा लागेपछि तनहुँ काराकारमा पललाई राखिएको थियो। अदालतले सामान्य हो भन्दै दुर्वव्यवहारको केसमा पललाई एक वर्षपछि अर्थात यहि फागुन१५ गते रिहा गरेको हो।

अर्को कुरा के छ भने पलका म्यानेजर अर्थात पिए कृष्ण जोशीले पलललाई फसाएको आरोप थियो। उनी नै अहिले पललाई लिनका लागि एयरपोर्ट पुगेका छन्। पलको समर्थकमा अधिकांश युटुबर लागेका छन् । किनभने पलको पछिल्लो अपडेट युटुबमा चल्ने मनसाय बोकेर युटुबर र पलका पिए एयरपोर्ट पुगेका हुन्।