काठमाडौं ।
सिनेमा “डिसेम्बर फल्स” भोलि पुस १५ बाट सिनेमा हलमा लाग्दै छ । प्रविण झा निर्देशित सिनेमाका रिलिज गरिएका प्रचार सामाग्री हेर्दा सिनेमामा उमेर अन्तरका प्रेम जोडीको कथा बोलिएको छ । सिनेमामा आर्यन सिग्देल, उपासना सिंह ठकुरी, शिवहरी पौड्याल, नागेन्द्र रिजाल, सलोन बस्नेत, नरेश भट्टराई, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरीलगायतका कलाकारहरुको अभिनय छ।
बीपीका खनालको कथा, केदार भुषाल/प्रतिक पौडेलको संवाद तथा पटकथा रहेको सिनेमामा श्री श्रेष्ठको एक्शन, महेश आर गुप्ताको छायांकन, दीपक शर्मा तथा कोसिस क्षेत्री, सुशान्त गौतम, प्रतिक पौडेलको संगीत र वनिष शाहको सम्पादन रहेको छ। रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमामा राजकुमार भट्टको निर्माण र लक्ष्मण रिजाल तथा अशिम काफ्ले कार्यकारी निर्माता छन्।
सिनेमालाई लिएर मेकर्स उत्साहित देखिएका छन । राम प्रसाद त मिडियामा आएर आफ्नो सिनेमा हिट भैसकेको बताउन थालेका छन । नायिका उपासना प्रचारमा नआउदा पारिश्रमिकलाई कारण बनाइएको खबर सार्वजनिक भएको थियो । यसको बचाउ गर्दै उनले आगामी सिनेमामा समेत उपासनालाई नै लिने बताएर बिवाद नभएको स्पस्ट पारे । त्यति मात्र नभइ उनले सिनेमा सफल हुदा मात्रै मिडियाले खोज्ने बताए । मिडिया सङ्ग असन्तुष्टि पोख्ने निर्माता रिजाल पशुपती पुगेर साझको आरती गर्दाको समाचारमा नि मिडियाले कन्जुस्याइ गरेको भन्न भ्याए ।
त्यसो त राम प्रसादले सिनेमा “म : म” भएको भन्दै त्यही मैदा र मासु नै हालेको भए पनि ठेलाको र फाइभस्टारको मम फरक हुने बताए । र उनले आफ्नो सिनेमालाई स्टार होटलको मम भन्न समेत भ्याए । उनले बुझ्न जरुरी छ पाश्चात्य शैलीका खुराक भन्दा नि अर्ग्यानिक सिनेमामा दर्शकको मोह बड्दो छ ।
सिनेमामा लगानी गर्न थालेको एक दशक पछि बल्ल मिडियामा देखिएको बताउने उनले “यो सिनेमा कन्फर्म हिट” भनेर दोहोर्याइरहे । तर यस अघि ब्यबसायिक हिसाबमा सामान्य सिनेमा पस्केका रिजालको यो सिनेमा भने हिट हुन आबश्यक छ।
आर्यनको लागि समेत यो सिनेमा चुनौती बनेर आएको छ । धेरैले उनलाई यो सिनेमा कमब्याक सिनेमाको रुपमा परिचित गराउन खोजेका छन । आर्यन स्वयम् पनि त्यसै भन्दै छन । तर लगातार फ्लप सिनेमाको सुचीबाट बाहिर निस्किएर “डिसेम्बर फल्स” हिट हुनै / बनाउनै पर्ने प्रेसर उनी माथी पनि छ । एक्लै चकलेटी हिरोको रुपमा राज गरेका उनलाई अन्य धेरै यस्तै छवीका हिरोमाझ आफ्नो पहिचान जोगाउन हम्मे हम्मे भएको सत्यता दुनिया माझ छदै छ ।
कुरा गरौ, नायिकाको । सिनेमा प्रचारमा केही समय नदेखिदा नै उनले पारिश्रमिक नपाएको चर्चा चल्यो । उपासनाका यस अघि निरन्तर ३सिनेमा हिट छन । उनको ह्याटि्रक हिट यो सिनेमाको लागि र उनको करियरको लागि चुनौती सावित भएको छ । अब यो सिनेमा सफल भए मात्रै मेकर्सले उनको अभिनय सफल भएको भन्दै अन्यमा काम दिने अवस्था रहन्छ । हैन भने उनका सफल सिनेमाको जस मेकर्स र अन्य कलाकारले लिने पक्का छ ।
भारतिय निर्देशक झाले निर्देशन गरेको यो सिनेमा प्रचारको समय उनी नेपालमा छैनन । उनी आफ्नै काममा ब्यस्त भएको निर्माण टिम बताउछ । तर प्रचारको समय उनको अभाव भने खड्किएकै छ ।
सिनेमाको बिषय सामान्य बिषय बनिसकेको प्रेमको छ । नायक नायिका दुबैका लागि आफ्नै प्रकारको चुनौती छ । यस्तोमा निर्माताको ओभरकन्फीडेन्सले मात्रै त सिनेमा चल्ने भन्ने त नहोला । खैर, सिनेमा चल्नै छोडेको यो माहौलमा यो सिनेमा सफल सावित होस, शुभकामना । भिडियो:-