Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

कलाकारले समयको महत्व बुझ्न थालेका हुन ?

काठमाडौं । कलाकार अनि समयको महत्व चुम्बकको समान धुर्व झैँ लाग्छन्। कहिले पनि आकर्षण नै नहुने । कार्यक्रममा समयमा कलाकार पुगेको घटना बिरलै हुने गर्छ ।

तर बिहिवार भने अचम्मै भयो । निर्धारित समय भन्दा आधा घन्टा अघि “तिम्रो मेरो साथ” सिनेमाका मुख्य कलाकार कार्यक्रम स्थलमा पुगे । पुष्प खड्का र साम्राज्ञी आर एल शाह समय अगावै पुगे र कार्यक्रमको अन्त सम्म बसे ।

पुस २९ गतेबाट प्रदर्शनमा आउने यस सिनेमाको आइटम गीत रिलिज कार्यक्रम थियो । त्यसो त जहिल्यै पर्खाउने बानी परेका कलाकारले यस पटक गज्जब नै गरे ।

हुन त पुष्पको कृष्णलीला सिनेमा फ्लप भयो । यता साम्राज्ञी पनि पछिल्लो समय खासै चर्चामा छैनन् । दर्शक र मेकर्सबाट दुरी बढेको अनुभूती भएको पनि हुन सक्छ । त्यसैले आफ्ना मेकर्स खुसी पार्न उनीहरुले समयको महत्व बुझेका हुन् कि ? खैर, यी दुई यस पटक भने समय मै पुगे ।

यस सिनेमाबाट रमेश एमके पौडेलले निर्देशकको रुपमा डेब्यु गर्दै छन । यस अघि रिलिज गरिएको गीत र टिजरलाई पनि सकारात्मक प्रतिकृया मिलेकोले उनी सिनेमालाइ लिएर आशावादी छन ।