Sur Cinema

दीपकसँग केकी र सनिशाको प्रेम, ‘छ माया छपक्कै २’को गीतले बढायो कौतुहलता

काठमाडौं : दीपक–दीपाको सिनेमा ‘छ माया छपक्कै २’को नयाँ गीत ‘मायामा एक्सपायर डेट हुँदैन’ सार्वजनिक भएको छ । निर्माण टिमले बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो ।

गीतको भिडियोमा दीपकराज गिरीको केकी अधिकारी र सनिशा भट्टराईसँगको प्रेम देखाइएको छ । भिडियोको अन्त्यमा दुवै प्रेमी एकैपटक गर्भवती भएको दृश्य प्रस्तुत गरिएको छ, जसले सिनेमाको कथाप्रति थप कौतुहलता जगाएको छ । सहिम सुवेदी र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत छ ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको सिनेमाको कथा तथा पटकथा दीपकराज गिरीले लेखेका हुन् । रोहित अधिकारी निर्माता तथा निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको सिनेमामा दीपाश्री निरौला कलाकार तथा सल्लाहकारको भूमिकामा छिन् । यसअघि सार्वजनिक शीर्ष गीतलाई दर्शकले रुचाएका थिए ।