Sur Cinema

बडीमालिकाबाट सुरु हुँदै ‘ए मेरो हजुर ५’को यात्रा

काठमाडौं : अभिनेत्री तथा निर्देशक झरना थापाले आफ्नो नयाँ सिनेमा ‘ए मेरो हजुर ५’ को छायांकन साउन २९ गतेदेखि बाजुराको पवित्र बडीमालिका मन्दिरबाट सुरु हुने घोषणा गरेकी छन्। सिनेमाको छायांकन सञ्जय लामाले गर्नेछन्।

फेसबुकमार्फत झरनाले बडीमालिकालाई नेपालको धार्मिक, सांस्कृतिक र पर्यटन सम्पदाको प्रतीक बताउँदै त्यहीँबाट सिनेमाको यात्रा सुरु गर्न पाउँदा गौरव महसुस भएको उल्लेख गरेकी छन्। नेपाली प्रकृति, संस्कृति र भावनालाई अझ व्यापक रूपमा दर्शकमाझ पुर्‍याउने उद्देश्यका साथ सिनेमा निर्माण गर्न लागेको उनको भनाइ छ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने सिनेमामा सुहाना थापा र अनमोल केसी मुख्य भूमिकामा छन्। उनीहरूको यो तेस्रो सहकार्य हुनेछ। निर्माता सुनिलकुमार थापा रहेको सिनेमाको अन्य कलाकार भने हालसम्म सार्वजनिक गरिएको छैन।