काठमाडौं : गायिका संसार राईको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘मेरी सानी छोरी कायरा’ सार्वजनिक भएको छ। पारिवारिक माया, स्नेह र आत्मीय भावनाले भरिएको यस गीतमा एसके बोम्जन को शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन सुमन राई ले गरेका छन्।
गीतलाई थप आकर्षक बनाउन गोविन्द सोनी ले मिक्सिङ तथा मास्टरिङ गरेका छन् भने रेकर्डिङको जिम्मेवारी सुभाष राई ले सम्हालेका छन्। संगीत र भावनाको सुन्दर संगम बनेको यस गीतले श्रोताको मन छुने अपेक्षा गरिएको छ।
गीतको भिडियो पनि उत्तिकै मनमोहक बनेको छ। निर्देशन स्वयं एसके बोम्जन ले गरेका हुन्। भिडियोमा कायरा गुरुङ, पवन गुरुङ र जलुकुमारी पुन गुरुङ को जीवन्त अभिनय देख्न सकिन्छ।
दृश्य पक्षलाई अझ आकर्षक बनाउन रविन्द्र न्यौपाने ले छायांकन तथा ड्रोन दृश्य सम्हालेका छन् भने सम्पादन अनिलकुमार महर्जन ले गरेका छन्। भावनात्मक कथा र सुन्दर दृश्यको संयोजनले सजिएको यो भिडियो पीजेके युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। मायालु भावनाले ओतप्रोत ‘मेरी सानी छोरी कायरा’ ले दर्शक–श्रोताको मन जित्ने विश्वास गरिएको छ।















