Sur Cinema

पढाईमा बल्छी ‘गोबर गणेश’ हुँदा वर्षाले के गरिन ?

काठमाडौं : सिनेमा ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक भएको छ। ‘गोबर गणेश’ बोलको गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर छ भने शब्द तथा संगीत बाबुल गिरीको रहेको छ।

रमाइलो शैलीको गीतले सिनेमाको कमेडी मुडसँगै पढाइ कमजोर हुँदा आत्मविश्वास र सामाजिक सम्बन्धमा पर्ने असरलाई देखाएको छ। गीतको भिडियोमा मरिचमान केन्द्रमा छन् भने वर्षा शिवाकोटी र निर्मल शर्माको पनि अभिनय देख्न सकिन्छ। कोरियोग्राफी गम्भीर विष्टले गरेका छन्।

मरिचमान श्रेष्ठ निर्देशित सिनेमा ‘गोबर गणेश’ माघ १ गते रिलिज हुँदैछ । बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा बनेको यस सिनेमामा विनोद न्यौपाने, बुद्धि तामाङ, पदम तामाङलगायत कलाकारको अभिनय रहेको छ। सिनेमाको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।