काठमाडौं : एक हप्ता वर्कसपमा बसेर सिनेमा ‘मिरमिरे’को टिम छायांकन निष्किएको छ । निर्माणपक्षले शनिबार पनौती नगरपालीका ११ बल्थली स्थित श्री लड्केश्वर आधारभूत विद्यालय पसिरमा क्यामेरा पूजा गर्दै छायांकनको थालनी गरेको हो ।
आजबाट सुरु भएको छायांकन करिब ३५ दिन लगाएर खिच्ने निर्देशक यम शेर्पाले बताएका छन् । उनका अनुसार सिनेमाको अधिकांश छायांकन काभ्रेका विभिन्न स्थानमा हुनेछ ।
यार्सा फिल्म्सको प्रस्तुति रहने यस सिनेमाको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा रहेका छन् । सिनेमाको बाल-कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।
सिनेमाको निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन् । सिनेमाको छायाँकार आलोक शुक्ला हुन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको सिनेमाका सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । यो सिनेमाको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका सिने वितरक रोहित कट्टेल रहेका छन् ।
सुदिप कुँवरको मुख्य सहायक निर्देशक रहेको सिनेमामा सञ्जु थलाङ लिम्बुको मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । सिनेमा २०८२ मा रिलिज हुनेछ भने सिनेमालाई आरआर फिल्मसले वितरण गर्नेछ ।















